सदरमुकाम परासी बजारमा बाटो फाराकिलो पारिँदै

नवलपरासी । नवलपरासीको सदरमुकाम परासी बजार व्यवस्थापन अन्तर्गत परासीको बुद्धचोकदेखि निलोगेटसम्मको बाटो फोरलेन बाटो निर्माण शुरु भएको छ ।

तराईका सदरमुकामहरु विकासका लागि सरकारले बिनियोजन गरेको ५० करोडको रकमले यो बाटो निर्माण हुन लागेको हो । सरकारले ४ बर्षसम्म लागातार बार्षिक ५०÷५० करोड गरि बिनियोजन गर्ने २ अर्बको बजेटले सदरमुकाम परासी व्यस्थित हुन लागेको छ ।

सदरमुकाम परासी रामग्राम नगरपालिकामा अवस्थित छ । बुद्धचोकदेखि निलो गेटसम्म १ हजार ४ सय २८ मिटर लम्बाई रहेको उक्त बाटो १४ करोड, ७ लाख ५७ हजार ८७४ रुपैयामा महालक्ष्मी, सुनकोशी, वल्र्डवाईड जे.भी काठमाण्डौलाई ठेक्का दिइएको छ । गत वर्ष असार २९ गते आयोजना सम्झौता भएपनि विभिन्न प्राविधिक समस्याले काम ढिलो शुरु भएको छ ।

ठेकेदार कम्पनीले बाटो निर्माण क्रममा बाटोमा रहेका रुखहरुको कटान, माटो फिलिङ्ग, नाला तथा कल्भर्ट निर्माणको कार्य गरिरहेको छ । रामग्राम नगरपालिकाले यस बाटाको विस्तारका लागि सडको सेन्टरबाट ५०÷५० फिट जग्गा बाटोलाई लिईने छ ।

Loading...