आगलागि पीडितलाई जापनमा रहेका नेपालीले दिए एक लाख सयहोग

नवलपुर । केहि दिन अघि घरमा आगलागि भई पिडीत बनेका देवचुलि १३ का भिमबहादुर मगरका परिवारले नगद एक लाख रुपैया सहयोग पाएका छन । विहिवार देवचुलि १३ दलदलेमा एक कार्यक्रमको आयोजना गरि पिडित मगरका परिवारलाई नवलपुर नवलपरासी समाज जापानले सो रकम प्रदान गरेको हो ।

आयोजित कार्यक्रममा नगर प्रमुख पुर्णकुमार श्रेष्ठ, नवलपुर नवलपरासी समाज जापानका अध्यक्ष प्रेम कंडेल , देवचुलि वडा नम्बर १३ का वडा अध्यक्ष क्यापटेन डिलबहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नवलपुर नवलपरासी समाज जापानका अध्यक्ष कंडेलले आफुहरुले जापानमा कमाएको केहि रकम अति विपन्न परिवार पनि दिनु पर्छ भन्ने सोचका साथ सो रकम प्रदान गरिएको बताउनुभयो ।

यस्तै नगर प्रमुख श्रेष्ठले आफु नवलपुर नवलपरासी समाज जापानका युवाहरुले गरेको काम निकै असल रहेको हुदा यसमा नगरपालिकाले पनि साथ दिने बताउनुभयो । रकम पाए पछि पिडित परिवारले आफुहरुलाई केहि भए पनि राहत मिल्ने बताएका छन ।

Loading...