बन्द उद्योगलाई राष्ट्रियकरण गर्ने उद्योगमन्त्रीको भनाई

चितवन । उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपालले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो ।

सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै गरेको,र चलेका उद्योगलाई सहयोग गर्ने,नचलेकालाई राष्ट्रियकरण गर्ने उहाले बताउनुभयो । सरकारले निजिकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुन्ड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको यादवले बताउनुभयो । उहाले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गर्नुभयो ।

बैदेशिक लगानी,नीजि क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उहाको भनाई छ । मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग संचालन गर्न लागेको जानकारी दिनुभयो । राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको र नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन नसकेको उहाले बताउनुभयो ।

नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उहाको भनाई छ । सरकारी धन भनेपछी जस्ले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने प्रवृती रहेको ,मन्त्री यादवले बताउनुभयो । गाँउको विकास गराउन पठाएको रकम पनि कसरी खाँउ भन्नेमा मात्रै सबैको केन्द्रित रहेको बताउनुभयो ।

देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उहाले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पार्नुभयो ।

Loading...