२५ करोडको लगानीमा स्वचालित कपी उद्योग सञ्चालन

चितवन । नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नुभएको छ ।

३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता भएको भएपनि यसको लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

कम्प्युटर प्रविधिबाट कपी उद्योग सञ्चालन गरिने भएकोले उद्योगमा दुर्घटना भएर मानवीय क्षति हुने सम्भावना कम रहेको उद्योगका सञ्चालक बताउँछन् । हाल नेपालमा वार्षिक रुपमा एक हजार दुई सय करोड रुपैयाँको कपीको माग हुने गरेको भएपनि नेपालमा आठ सय करोड रुपैयाँ बराबरको मात्रै उत्पादन हुने गरेको छ ।

Loading...