प्रदेशसभामा प्रधानमन्त्री अोलीको पहिलो सम्बोधनः भ्रष्टाचार विरूद्ध नागरिकलार्इ उत्रिन अाह्वान

रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्नुभएको छ ।

प्रदेशसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने बताउनुभयो । मावनअिधकार लोकतन्त्र र विधिको शासनका लागि आधा शताब्दी संघर्ष गरेको आफूले प्रदेशसभामा उपस्थित भएर सम्बोधन गर्न पाउँदा व्यक्तिगतरुपमा पनि खुसी भएको बताउनुभयो ।

प्रधानमन्त्रीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै देशलाई समृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गर्नुभयो ।

सरकार शासन गर्नका लागि नभइ जनताको सेवा गर्नका लागि गठन भएको बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध नागरिकको रक्षक भएर उभिन अपिल गर्नुभयो ।

Loading...