प्रधानमन्त्री अोलीको रेलमार्ग र जलमार्गमा थपियो बंगलादेश जोड्ने सुरूङ मार्ग

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले रेलमार्ग जलमार्ग ल्याउने घोषणा गरिरहेका बेला उनकै सरकारका एक मन्त्रीले नेपाललार्इ बंगलादेशसम्म जोड्न सुरूङमार्ग बनाउने घोषणा गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपालबाट बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तर्देशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्।

दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको बताएका हुन्।

नेपाल र बंगलादेशबीच सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयमा कुरा आगाडि बडिसकेको र टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता ल्याउने उनले दावी गरे। नेपालको चीनसँग पनि राम्रो सम्बन्ध भएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले दक्षिण एसियाली मुलुकहरु सबैलाई नेपालमा लगानी गर्न आह्वान समेत गरेका छन्।

Loading...