टेन्सवर्गको गुणस्तरविहिन वियर बजारमा

चितवन । टेन्स वग बियर उत्पादक कम्पनीले गुणस्तर हिन बियर बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमा चरम खेलवाड गरेको छ । रातारात धनि बन्ने योजना बुन्दै कम्पनिका मालिकले गुणस्तर हिन टेन्स वर्ग बियर बजारमा पठाएको उपभोक्ताको आरोप छ ।

भरतपुरको एक पसलमा बिक्रीका लागी राखिएको ४ काटुन बढि बियरमा पशुले खाने चोक्कर जस्तो बस्तु भेटिएको हो । एक उपभोक्ताले खरिद गर्दा भित्र लेदो देखिएपछि उनले जिल्ला प्रशासन कार्यालय अन्त्रगतको बजार अनुगमन ईकाईमा खवर गरेका थिए । खवर पछि पसलमा हेर्न जादा त्यहा रहेको ४ काटुन बियरमा लेदो र चोक्कर जस्तो बस्तु देखिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।

आफुहरुले बियरको चितवन हेर्ने माकेटिगं प्रमुख सुदन भण्डारीलाई सम्पर्क गर्दा उनी सम्पर्कमानै नआएको शर्मा बताउनु हुन्छ । बियरमा पुरै ढुसी परे जस्तो लेदो स्पस्ठ रुपमा देख्न सकिन्छ । अझै केहि दिन सम्पर्कमा नआए उद्योगलाई पत्रचार गर्ने र खाद्य यन अन्त्रगत उद्योग सन्चालक लाई मुद्धा दर्ता गरी कारबार्ही हुने शर्माले बताउनु भयो ।

भैरहवामा उत्पादन भएको त्यो बियर उत्पादक कम्पनिले उपभोक्ताको स्वास्थ्या चरम खेलवाड गरी उपभोक्ता ठग्ने काम गरेको उहाको भनाइृ छ । उद्योग बिरुद्ध मुर्दा दर्ता गरी खाद्य यन अन्त्रगत कडा भन्दा कडा कारबार्ही गर्नु पर्ने उपभोत्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो । यता चितवनका बजार प्रतिनिधि सुदन भण्डारीले शिल लक गर्ने बेलामा अक्सिजन पसेकाले त्यसको असरले लेदो देखिएको बताए ।

Loading...