प्रेस स्वतन्त्रताका लागि प्रभातफेरी

नवलपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासीले विहिवार कावासोतिमा प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरी पछिको कोणसभालाई सम्बोधन गर्नुहुदै महासंघका अध्यक्ष होमराज रानाभाटले जबसम्म पत्रकारीता स्वतन्त्र हुन सक्दैन तवसम्म देशको विकास हुन नसक्ने बताउनुभयो ।

नेपाली प्रेसका कारणले नै देशमा आमुल परीवर्तन आएको बताउनुहुदै अध्यक्ष रानाभाटले प्रेसलाइ कही कतैबाट अंकुश लगाउने काम हुन नहुने बताउनुभयो । कोण सभालाइ सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघका सस्थापक अध्यक्ष भुपेन्द्र भट्टराइले पत्रकारहरुले कसैको दवावमा नपरी निर्धक्क रुपले कलम चलाउन पाउनुपर्ने बताउनुभयो ।

कोण सभामा कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव कृष्ण चन्द्र पोखरेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विद्रोही गिरीले सम्बोधन गर्नुुभएको थियो । नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कोणसभा कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका सस्थापक अध्यक्ष भुपेन्द्र भट्टराई, कर्मचारी मिलन केन्द्र नवलपुरका सचिव एंव नगर शिक्षा अधिकृत कृष्ण चन्द्र पोख्रेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिका सभापति ऋषीराम कडेल, उपसभापति बेद प्रसाद न्यौपाने, सचिव बाबुराम कडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केवि राना, नेपाल प्रेस चौतारीका केन्द्रीय सदस्य विद्रोही गिरी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष श्रीराम सीग्देल, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष विरेन्द्र पराजुली, सेन्टर नवलपुरका सयोजक लक्ष्मी पगेनी, पत्रकार घनश्याम बगाले लगाएत नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।

Loading...