गोरेलार्इ बचाउनकै लागि धरान पुगेको थियो प्रहरी टोली

काठमाडौं । मोरङमा भेटिएको भनिएको सनम शाक्यको शवसहितको गाडी फेला पार्ने भनिएका डीएसपी प्रजित केसी हत्यारालार्इ पक्राउ गर्न नभर्इ हत्यारालार्इ जोगाउन मोरङ पुगेको रहस्य खुलेको छ ।

हत्या घटनाको प्रारम्भिक प्रतिवेदन जाहेरी दिने प्रहरी अधिकृत डिएसपी प्रजित केसीले सनमको हत्याकाण्डलार्इ डाइभर्ट गर्नकै लागि पूर्व पुगेको रहस्य खुलेको हो ।

साढे ३३ किलो सुन लुकाएको आंशकामा मोरङ, उर्लाबारीका शाक्यको हत्या भएको सूचना पाएपछि डिएसपी केसीकै टोलीले शव बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ४ अभियुक्तलाई बुझाएको थियो। पक्राउ परेका तीनै ४ अभियुक्तसँगै उनी यतीबेला मोरङ प्रहरीको हिरासतमा छन् ।

तस्करका नाइके गोरे भन्ने चुडामणि उप्रेतीसहितको टोलीले सनमलार्इ यातना दिएर हत्या गरे। उनको मृत्यु भएपछि घटनालार्इ डाइभर्ट गर्नकै लागि गोरेकै इसारामा डीएसपी प्रजीत त्यहाँ पुगेको अभियुक्तहरूको बयानमा उल्लेख छ।

उनलार्इ गोरेलार्इ भगाएको, एक ठाउँमा भेटिएको शवलाई अर्को ठाउँमा भेटिएको भनेर प्रतिवेदन दिएको, तस्करसँग पैसाको डिल गरेको भन्दै गृह मन्त्रालयको छानबिन समितिले उनलाई समेत प्रतिवादी बनाउने निर्णय गरेसँगै सरकारी वकिलको कार्यालयले उनलार्इ समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ ।

केसीले भने बयानमा ती आरोपहरु अस्वीकार गरेका छन्। गोरेसँग ‘गुडफेथ’मा कुरा भएको उनले बताएका छन्। अभियुक्तलाई पक्राउ गर्न त्यसरी पैसाको डिल गरेर अभियुक्तलाई पक्राउ गर्न खोजेको र त्यसबारे तत्कालिन आईजिपी प्रकाश अर्याललाई समेत जानकारी भएको उनको दाबी छ।

सुन तस्कर ‘गोरे’ भनिने चुडामणि उप्रेती र महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलबीच भएको ‘दुई करोड’ लिनेदिने सहमति असल उद्देश्यको लागि नभएको पाईएको छ ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालमा पेश गरेको अभियोग पत्रकाअनुसार पैसा लिएर अपराधी भगाउनकै लागि बालकृष्ण सञ्जेल र डिएसपी प्रजित केसीले मोटो रकम बार्गेनिङ गरेका थिए ।

त्यसरी रकम बार्गेनिङ भएकोबारे जानकार तत्कालिन अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहनीले पनि सुन तस्कर ‘गोरे’ लाई भगाउन भूमिका खेलेको भन्दै सरकारी वकिल कार्यालयले लोहनी र केसीलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (४) मा परिभाषित कसुर बमोजि सोही ऐनको दफा ९ को देहाय (ख) बमोजिम सजाय हुन माग दावी लिएको छ ।

धरानको जंगलमा सनम शाक्यको हत्या भएपछि सुन तस्कर ‘गोरे’ ले शवको फोटो सई बालकृष्ण सञ्जेलाई पठाएको पाईएको छ । उक्त कुराको जानकारी सञ्जेलले एसएसपी दिवेश लोहनीलाई समेत जानकारी गराएका थिए । सनमको शव गाड्नलाई खाल्डो खन्ने कार्य हुँदाहुँदै प्रतिवादी बालकृष्ण सञ्जेलको आश्वासनमा शव गाड्न खाल्डो खन्ने कार्य बन्द गरी गाडीमा शव हाली इटहरीतर्फ शव लगेको भन्ने तथ्यमा समेत विवाद नदेखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

गम्भिर घटनाको जानकारी पाएका लोहनीले स्थानीय प्रहरीलाई सूचना दिएर तत्काल चुडामणि उप्रेती ‘गोरे’ सहितका प्रतिवादीहरुलाई पक्राउ गर्नसक्ने अवस्था भएपछि काठमाडौंबाट प्रहरी पठाउँदै ८ घण्टा ढिलोगरी घट्नास्थल पुगेको भन्दै सुन तस्करी छानविन समितिले लोहनीलाई दोषी ठहर गरेको छ ।

‘उर्लाबारीदेखि धरानसम्म झण्डै आधा दर्जन ईलाका प्रहरी कार्यालयहरु रहेकोमा जुनसुकै प्रहरी कार्यालयले सानो सूचना पाउँदा पनि तुरुन्तै ‘गोरे’ भन्ने चुडामणि उप्रेतीसहितका प्रतिवादीहरुलाई पक्रन सक्ने अवस्था देखिन्छ’ बुधवार जिल्ला अदालत मोरङमा पेश गरिएको अभियोग पत्रमा भनिएको छ, ‘काठमाडौं उपत्यका मात्र कार्यक्षेत्र भएको महानगरीय अपराध महाशाखाले झापा, मोरङ, सुनसरीमा रहेका सुरक्षा निकायहरुलाई कुनै सुईंकोसम्म नदिई काठमाडौंबाट मोरङ उर्लाबारीको घटनामा हस्तक्षेप गर्नु सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ४ को उपदफा (१) र दफा ५ का कानूनी प्रावधान विपरित देखिएको छ ।’

‘प्रतिवादीहरुले दावी गरेको उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको देखिदैँन्’ अभियोग पत्रमा भनिएको छ, ‘टेकराज मल्ल ठकुरी समेतका प्रतिवादीहरुको बयान हेर्दा सुनसरीको इटहरी, धरान पुग्दा कैयौँ पटक प्रहरी नायब उपरीक्षक प्रजित केसी र प्रहरी नायब निरीक्षक बालकृष्णबीच पटक–पटक बाटोमा फोनबाट सनम हत्यामा संलग्न प्रतिवादीहरुलाई संरक्षण दिने, रकम जम्मा गरी राख्न लगाउने, वारदातास्थलमा संलग्न प्रतिवादीहरुलाई भाग्न उम्कन र देश बाहिर फरार हुन उपाय र तरिका समेत सुझाई आपराधिक समूहलाई सहयोग पु¥याएको तथ्य प्रतिवादी टेकराज मल्ल, ‘गोरे’ भन्ने चुडामणि उप्रेती र यी प्रतिवादीहरु प्रजित केसी र बालकृष्ण सञ्जेलबीचको कल डिटेल्स समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ ।’

प्रतिवादीहरु बालकृष्ण सञ्जेल र प्रजित केसीले दिवेश लोहनीकै आदेश बमोजिम घटनाको वास्तविक तथ्यलाई लुकाई एक्कासी मोरङस्थित जिल्ला प्रहरी कार्यालय, नजिक विराटनगरमा शव भेटिएको भन्ने प्रतिवेदन दिएको बताईएको छ ।

Loading...