दुई वर्षभित्र कृषिजन्य बस्तु आयात प्रतिस्थापन गर्छुः कृषिमन्त्री खनाल

चितवन । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले अबको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।

शनिबार भरतपुरमा पत्रकारसंग कुराकानी गर्दै मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको र दुई वर्षमा माछा, कुखुरा, गहु, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको छ भन्नुभयो । जमिन खण्डीकरण हुदा खेतीयोग्य जमिन सकिदैं गएको भन्दै उहाले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री खनाललले कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा रहेको र यसलाई रोक्नुपर्ने , यसका लागि सरकार लागिरहेका बताउनुभयो । डिप ट्युवेल, पुराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिचाइको समस्या नहुने मन्त्री खनालको भनाई छ ।

Loading...