हैरानको प्रचारमा व्यस्त कान्छा निर्देशक

चितवन । आउदो जेठ ४ गतेदेखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हैरानले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने निर्माण टिमले जनाएको छ । आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी निर्माण टिमले दर्शकले खोजेको मसाला हैरानमा पाईने बताएको थियो ।

चलचित्रका निर्देशक सौगात विष्टले दर्शकले खोजेको कुरा चलचित्र हैरानले पस्केको बताउनुभयो । उहाले माया प्रेमका साथै एक्सन र हास्य विधालाई समेत समेटेको यस चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने बताउनुभयो । विश्वकै कान्छा निर्देशक विष्टले यस चलचित्रमा सबै कलाकारले उत्तिकै मेहनत गरेका र चलचित्र उत्कृष्ट बनेको बताउनुभयो ।

उहाँले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै विषयमा पनि सम्झौता नगरिएको बताउनुभयो । उहाले जस्तो सेट बनाउन खोजेपनि निर्माण टिमको पुरै सहयोग रहेको र, उहाले यस चलचित्रमा शतप्रतिशत दिएको विष्टले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक तथा निर्माता गम्भिर विष्टले चलचित्रलाई उत्कृष्ट बनाउन एक करोड भन्दा बढि लगानी गरिएको बताउनुभयो । उहाँले चलचित्र उत्कृष्ट बनेकोले दर्शकहरुलाई हलसम्म पुगि दिन आग्रह गर्नुभयो । यस्तै कलाकार सरोज खनालले विश्वकै कान्छा निर्देशकले बनाएको चलचित्रले दर्शकलाई न्याय गर्ने बताउनुभयो ।

उहाले यस्तो सानो फुच्छेले कस्तो फिल्म बनाउछ होला भनी सोचेको र उनको मेहनतले चलचित्र निकै उत्कृष्ट बनेको कलाकार खनालले बताउनुभयो । चलचित्रमा मूख्य भुमिका निर्वाह गरेका हास्य कलाकार सागर लम्साल क्षेत्री बले हैरानले दर्शकलाई हैरान नपारी भरपुर मनोरञ्जन प्रदान गर्ने बताउनुभयो । चलचित्रमा सबैखाले हैरान देख्न सकिने तर दर्शकहरुले हैरान नभई भरपुर मनोरञ्जन लिनुहुने कलाकार बलेले बताउनुभयो । चलचित्रका नवनायिका आरोही शर्माले आफ्नो डेब्यु चलचित्र भएकोले सकेजती राम्रो अभिनय गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कलाकार निर्मल शर्माले हैरानमा आफ्नो भुमिका सानो भएपनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकहरुलाई चलचित्र हेरिदिन आग्रह गर्नुभयो । डान्स फिवरको व्यानरमा निर्माण भएको यस चलचित्रमा कलाकारहरु सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, निर्मल शर्मा, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, आरोही शर्मा, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माता सम्झना पोखरेल रहनु भएको छ ।

Loading...