कलाकारहरु सम्मानित

चितवन । होलिडेज क्रियशन होम नारायणगढले एक कार्यक्रमका बीच कलाकारलाई सम्मान गरेको छ । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा चर्चित कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा र कलाकार तथा निर्माता कृष्ण खनाललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । होलिडेज क्रियशन होमकी अध्यक्ष लक्ष्मी पन्त ढकाल र समाजसेवी पवित्रा आचार्य गौतमले कलाकारहरुलाई सम्मान गरेका थिए । कलाकारहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको होलिडेज क्रियशन होमकी अध्यक्ष लक्ष्मी पन्त ढकालले बताए ।

Loading...