जिल्लाको विकासमा काम गर्छुः प्रजिअ आचार्य

चितवन । समग्र वर्दघाट सुस्ता पुर्वको जिल्लाको विकासमा लागेर काम गर्ने नवलपुरका प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताउनुभएको छ । स्याङजाबाट भर्खर सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी आचार्यले संञ्चारकर्मीहरुसंगको भेटमा यस्तो बताउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले यो जिल्ला कान्छो जिल्ला रहेको र भर्खर मात्र जिल्ला विभाजन भएको हुदा सबै कार्यहरु मिलाएर अगाढि जानु पर्ने भएकोले जिल्लामा रहेका सबै व्यक्तित्वहरु संघ हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

संञ्चारकर्मीले प्रमुख जिल्ला अधिकारी आचार्यलाई मिडिया मैत्री भई जिल्लाका सुचनाहरु छिटो छरितो रुपमा उपलब्ध गराई संञ्चारर्मीहरुलाई सरल वातावरण मिलाई दिन आवस्यक आग्रह गरेका छन । आचार्यले संञ्चारर्मीहरु संग हातेमालो र मिलेर अगाडि बढ्ने हुदा आफु सधै मिडियाको पक्षमा रहेको बताउदै आफुले मिडिया मैत्री बनाउन कुनै कसुर बाकी नराख्ने बताउनुभयो ।

आयोजित भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले जिल्लामा नेपाल पत्रकार महासंघको भवन निर्माणको कार्य सुरु गर्नु पर्ने र यसमा जिल्लाको तर्फबाट पनि केहि सहयोग आवस्यक परेको हुदा यसमा पनि केहि आवस्यक सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी आचार्य सामु आग्रह गर्नुभयो ।

अध्यक्ष रानाभाटको कुरामा आफु सकारात्मक रहेको र यसको विषयमा पनि आफुले केहि सोच्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको स्वागतका लागि जिल्लाका विभिन्न संञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

Loading...