मोदीको पोखरामा बास बस्ने रहरः नेपालले दिएन अनुमति

काठमाडौँ । तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने रहर देखाएका थिए। भारतीय पक्षले सोको व्यवस्था मिलाउन नेपाललार्इ अनुरोध पनि गरेको थियो।

तर नेपाली पक्षले त्यसका लागि अनुमति दिएन् । छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीलार्इ उदृत गर्दै नेपाल समाचारपत्रमा समाचार छ।

नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्दै हुनुहुन्छ। आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।

Loading...