परिवार नियोजन संघ चितवनमा तालाबन्दी

चितवन । नेपाल परिवार नियोजन संघ चितवनको निवर्तमान समितिले तदर्थ समितिले आफुखुसी निर्णय गरेको भन्दै नेपाल परिवार नियोजन संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दि गरेको छ ।

विभिन्न तीन बुदे माग राख्दै सोम प्रसाद भण्डारीको संयोजकत्वमा आन्दोलन संघर्ष समिति गठन गरेर तालाबन्दि गरिएको हो । तदर्थ समितिले विधान विपरित सदस्यता स्थानान्तरण गरेको भन्दै आजिवन सदस्यको सदस्यता तत्काल फिर्ता लिईयोस , विधान विपरित रद्ध गरिएको साधारण सदस्यको सदस्यता तत्काल कायम गरियोस , सदस्यता कायम गरि निर्वाचन गरियोस भन्दै विभिन्न माग गर्दै अनिश्चितकालिन तालाबन्दि गरेको आन्दोलन संघर्ष समितिका संयोजक सोम प्रसाद भण्डारीले बताउनुभयो ।

निवर्तमान समितिका सभापति रामहरि न्यौपानेले तदर्थ समितिले क्षेत्राधिकारभन्दा बाहिर गएर परिवार नियोजन संघको सदस्यता खारेज गरेपछि आफुहरुले आन्दोलन गर्नुगरेको बताउनुभयो । निर्वा्चित भएर आएका आजीवन सदस्य तथा साधारण सदस्यलाई तदर्थ समितिले खारेज वा स्थानान्तरण गर्न नपाइने प्रावधान भए पनि जबर्जस्ती काम गरेको आन्दोलन संघर्ष समितिका सदस्य अनिल ढकालले बताउनुभयो । आफ्नो पोल्टाका मान्छेलाई मात्र सदस्यता दिएको र अरुको सदस्यता खारेज गरेको भन्दै माग पुरा नभएसम्म ताला नखोल्ने उहाले बताउनुभयो ।

Loading...