सोलार पावरले अण्डाबाट चल्ला कोरल्ने प्रविधि चितवनमा

चितवन । नेपालमा नै पहिलो पटक सोलारको माध्यमले अण्डाबाट चल्ला कोरल्ने मेसिन चितवन भित्रिएको छ । चितवनको सिद्धबाबा कृषि तथा प्रांगारिक मल उद्योगले भारतको लाइफ वे सोलार डिभाइसेस प्रालिको उत्पादन सोलार पोल्ट्रि मेसिन र सोलार गाई दुहुने मेसिन भित्राएको हो ।

बिहिबार एक कार्यक्रमका विच सिद्धबाबाले मेसिन विक्री वितरणको शुभारम्भ गरेको हो । नेपालमा नै पहिलो पटक चितवनमा सौर्य शक्तिको प्रयोगले कुखुराको अण्डाबाट चल्ला कोरल्ने प्रविधि शुरु भएको हो । यसअघि विद्युतीय मेसिनको प्रयोगले अण्डाबाट चल्ला कोरल्न सकिने मेसिन आएको भएपनि सोलारबाट चल्ने मेसिनको प्रयोग भने नभएको सिद्धबाबाका कार्यबहाक अध्यक्ष अमित सापकोटाले जानकारी दिए ।

एउटा मेसिनमा २ सय र ५ सय ओटा अण्डा राख्न मिल्ने दुई फरक किसीमका मेसिनहरु रहेका छन् । २ सय ओटा अण्डा कोरल्न मिल्ने मेसिनलाइ १ लाख २० हजार रुपैंया र ५ सय ओटा अण्डा कोरल्न मिल्ने मेसिनलाइ २ लाख २० हजार रुपैया मुल्य रहेको सापकोटाको भनाइ छ ।

त्यस्तै सिद्धबाबाले गाईको दुध दुहुने मेसिन पनि भित्राएको छ । यसलाइ १६ हजार रुपैंया पर्ने उनले जानकारी दिए । मेसिनको तापक्रम ४ दिनसम्म ब्याकअप रहन सक्ने वताइएको छ । सोलारको तापक्रम ३८ डिग्रि सेल्सियस कायम रहनुपर्ने लाइफ वे सोलार डिभाइसेस प्रालि केरला भारतका अध्यक्ष जजीकुट्टि कारिआना कपली ले जानकारी दिए ।

Loading...