स्कुल बसले ठक्करबाट ६ बर्षे बालिकाको मृत्यु, स्थानियले जलाए बस

रूपन्देही । जिल्लाको गैडहवा गाँउपालिकामा स्कुल बसले ठक्कर दिदा ६ बर्षे बालिकाको ज्यान गएको छ । ब्राईट दिक्षा ईगिंस बोर्डिंग स्कुलको लु १ ख ५१९९ को नंबरको बसको ठक्करबाट सिद्धार्थ मन्टेश्वरी एकेडेमीमा कक्षा एलकेजीमा अध्ययनरत प्रदिप लोधको छोरी अन्जली लोधको मृत्यु भएको हो।

बिहान करिब ९ बजे गैडहवा गाँउपालिका वडा नं ७ को वर्गदैया चोक योगिकुटीमा ठक्कर दिदा लोधको घटनास्थलमा नै मृत्यु भएको थियो।

आक्रोशित स्थानियबासीले ठक्कर दिने बसमा आगजनी गरेका छन्। उनीहरूले चालक मनु क्षेत्री माथि समेत कुटपीट गरेका छन्।

त्यस्तै घटना लगत्तै पुगेको प्रहरी टोलीमाथि समेत उनीहरूले ढुंगा प्रहार गरेका छन्। स्थानीयको अाक्रमणबाट प्रहरी नायब निरिक्षक मिनबहादुर खत्री सहित ५ जना सुरक्षाकरसुरक्षाकर्मी घाइते भएका छन्।

स्थानीयले अागजनी गरेपछि बसमा पूर्ण रूपमा क्षती पुगेको छ। बसमा लागेको अागो लुम्विनी सांस्कृतिक नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो।

मृतक बालिकाको शब पोष्र्टमार्टमका लागी भीम अस्पताल भैरहवामा लगिएको ईलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी नायव निरिक्षक खत्रीले जानकारी दिए।

आक्रोशित स्थानियबासीको भिडलाई नियन्त्रणमा लिनको लागी रुद्रपुर सालझण्डी , लुम्विनी , रन्र्यौरा , सुर्यपुरा र लोन्डिहवाबाट सुरक्षा बल खटाईएको थियो ।

Loading...