जननिर्वाचित मेयर नै हत्याको अभियोगमा पक्राउ

रौतहट । जिल्लाको कटहरिया नगरपालिका मेयर सियाराम कशहवा हत्या अभियोगमा पक्राउ परेका छन्। हिन्दु युवासंघ वीरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा उनलार्इ प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई बिहीवार काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको थियो ।

कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवारी दिई निर्वाचित भएका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव थिए। २०६७ असार १२ गते वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो।

Loading...