यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले गतबर्षको तुलनामा यसबर्ष राजश्व संकलनमा वृद्धी : लाइसेन्स नविकरण नहुदा विरगञ्ज, वुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता ?

चितवन,यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले चालु आर्थिक बर्षको नौं महिनामा ३६ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले सवारी कर ,नविकरण,जँचपास,रुट परमिट नविकरण लगायतका शिर्षकमा राजश्व संकलन गरेको हो । जसमध्ये सवारी करतर्फ ३० करोड ४५ लाख १८ हजार ३ सय ३ रुपैया,आयकर तर्फ १ करोड पाच लाख १४ हजार ८ सय १० रुपैंया, सवारी दस्तुरतर्फ १ करोड ३६ लाख ६३ हजार ७ सय ५१ रुपैंया र रुट परमिटबाट ४ करोड ५ लाख ४४ हजार ५ सय ६० रुपैंया संकलन गरिएको छ ।

गतबर्षको तुलनामा यसबर्ष राजश्व संकलनमा वृद्धी भएको कार्यालयका प्रमुख देवी प्रसाद आचार्यले बताए । उनले कार्यालयमा बर्षेनी सेवाग्राहीको चाप बढ्दै गएको जानकारी दिए । कार्यालयले आर्थिक बर्ष २०७२ ÷ ७३ मा २९ करोड राजश्व संकलन गरेको थियो भने ७३ ÷ ७४ मा ३६ करोड ६२ लाख राजश्व संकलन गरेको थियो । गतबर्ष संकलन गरिएको राजश्व यसबर्ष नौं महिनाको अवधीमा नै संकलन गरिएको छ । यसवर्ष करिव ४५ करोड राजश्व संकलन हुने कार्यालयको अनुमान छ । कार्यालयले बार्षिक करोडौं राजश्व संकलन गरे पनि भाडाको घरबाट सेवा प्रदान गर्नुपर्ने बाध्यता भएको प्रमुख आचार्यले गुनासो गरे । कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको भन्दै उनले दरबन्दी अनुसारको कर्मचारी नभएको बताए । बर्षैदेखी आफनै कार्यालय स्थापना गर्ने प्रयास भएपनी सार्थकता पाउन नसकेको आचार्यको भनाई छ ।

सवारी साधनको अत्याधिक चाप र नेपालको केन्द्रभागमा रहेकाले पनि यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा सेवाग्राहीको चाप बढी हुने गरेको कार्यालयका सहयोगी इन्द्र गुरुङले बताए । उनले कर्मचारी कम भएपनि कार्यालयको सेवा प्रबाहमा कुनै कमी आउन नदिएको दावी गरे ।सवारी कर र नविकरण गर्दे आइरहेको कार्यालयबाट लाइसेन्स नविकरणको पनि व्यवस्था हुनुपर्ने माग उठ्दै आएको छ । तर सरकारी निकायको व्यवस्थाका कारण लाइसेन्स नविकरणका लागी विरगन्ज, वुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता छ । जनताको काम गर्नका लागी गाउगाउमा स्थानिय सरकार बनेका बेला लाइसेन्स नविकरणको व्यवस्था पनि चितवनमेै हुनुपर्ने माग उठ्दै आएको छ ।

Loading...