वडा कार्यालयको व्यवस्थापन

नवलपुर । एउटै कोठामा काम गर्न असहज अवस्था सृजना भएको भन्दै देवचुलि नगरपालिाकाले नगर भित्र रहेको १, २ ,३, ४ र ५ नम्बरको वडा कार्यलहरु व्यवस्थित बनाएको छ ।

नगरपालीका अन्तरगत १ देखि ५ नम्बरका वडा कार्यलयहरु अहिले एउटै भवनमा भए पनि फरक फरक कोठाहरुमा वडा अध्यक्षहरुको कार्यलय स्थापना गरिएको छ । नगरपालिका हुनुभन्दा अगाढि दिव्यपुरी गा वि सको कार्यलय रहेको भवनमा वडा नम्बर १ देखि ५ वडा सम्मको वडा अध्यक्ष कक्षको व्यवस्थापन गरिएको छ ।

१,२ , ४ का संयुक्त वडा सचिव कमलनाथ सापकोटाका अनुसार उचित स्थान तथा कर्मचारीको अभावका कारण वडा कार्यलय वडामा स्थापना गर्न समस्या भएको हुदा यहि स्थानलाई अलि व्यवस्थीत बनाईएको सापकोटाले जानकारी दिनुभयो ।

यस्तै ३ र ५ कासंयुक्त वडा सचिव विश्वबन्दु न्यौपानेका अनुसार पहिले तिन वटा वडा अध्यक्षको वडा कार्यलय एउटै कोठामा हुदा समस्या भएको थियो भने अहिले व्यवस्थीत भए पछि वडा अध्यक्षहरुलाइ समस्या नभएको तर कागज पत्र गर्न भने समस्या नै रहेको बताउनुभयो ।

हाल वडा अध्यक्षहरुका लागि छुट्टा छुटै कोठाको व्यवस्थापन गरि वडाका कार्यहरु भइ रहेका छन ।

Loading...