देवघाटको विकासका लागि रकमान्तर गर्ने प्रदेश प्रमुखको भनाई

तनहुँ । प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुवरले देवघाट संरक्षणका लागि आगामी आर्थिक बजेटमा रकमान्तर गर्ने बताउनु भएको छ । सोमवार गलेश्वर आश्रम देवघाटघाम धानधान्यञ्चल बिराट महायज्ञको आय ब्याय सार्वजनीक कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कँुवरले यस्तो बताउनु भएको हो ।

उहाँले देवघाट क्षेत्रको जगेर्णाका निन्ति नारायणी गण्डकी नदीका कटानका लागी तटवन्धन गराउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँँले संघीय संरचनाको नयाँ सरकारले पछिल्लो समय कानुन निर्माण गर्नमा ब्यस्त भएको जानकारी गराउदै आगामी बजेटमा सो सहयोग गर्ने प्रतिद्धता जनाउनु भएको हो ।

जन्म दिने जननी र जन्म भुमीलाई कहिल्यै विर्सन नहुने बताउनु भयो । उहाँँले जननी र जन्म भुमिलाई कसैले मान्दैन भने उसले जति धर्म गरेपनि त्यसको फल नपाउने बताउदै यसको औचीत्य नभएको बताउनु भयो ।

देवघाट क्षेत्रमा बादरको आतंक भएको स्थानियको गुनासोको आधारमा उहाँले बादरलाई क्षती बिना नियन्त्रण गर्नमा प्रदेश सरकार लागी पर्ने उहाँले विश्वास दिलाउनु भएको छ । साथै उहाँँले राज्यले धर्म मान्नको लागी स्वतन्त्रता दिएको हुनाले यसमा कुनै दुविधा नभई अगाडि बढ्न हिन्दुधर्मावलम्वीहरु लाई आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रम लाई सम्बोधन गर्दे तनहुका प्रमुख जिल्ला अधिकारी भरत कुमार अधिकारीले तनहु चितवन र नवलपरासीको संगम स्थल देवघाटघाम अन्तराष्ट्रिय सतरको धार्मीक पर्यटन स्थल बनेको बताउनु भयो ।

उहाँँले सो स्थान बिकास गर्न लागि देवघाट गाउँपालिका लगाएत स्थानिय सरकारले उल्लेख्उ भुमिका खेलेको बताउदै प्रसंसा गर्नु भएको थियो । महायज्ञको आय ब्याय सार्वजनीक कार्यक्रममा महायज्ञका कोषधयक्ष एकारत्न आचार्यले ३ करोड ९८ लाख ५४ हजार ८ सय ३५ रुपैयाकोे आय ब्याय सार्वजनिक गर्नु भएको थियो ।

उक्त कार्यक्रममा गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर अनन्तश्री विभूषित श्री १००८ स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षता सम्पन्न भएको थियो ।

Loading...