केपी अोली महालम्पसारवादीः गगन थापाले सोधे, तपार्इँको घुँडामा भ्वाङ पर्यो की नाइ?

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् ।

विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत भ्रमणबाट फर्केपछि तत्कालिन प्रमुख विपक्षी दलका नेता रहेका ओलीले लम्पसार पर्दा कांग्रेसको घुँडामा घाउ भएको बताएका थिए ।
यसैगरी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा भारत जाँदा सिंगडा बेचन गएको भन्ने टिप्पणी गरेका थिए ।

यी दुई प्रसंग सम्झाउँदै थापाले प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा प्रश्न गरे, हिजो अईतबार भारतको जिम्मा लिएर यो रोष्ट्रमा उभिएर बोल्ने प्रधानमन्त्रीलाई मैले घुँडामा भ्वाङ परेको छ भन्न पाउने कि नपाउने ?

Loading...