बजार अनुगमनलाई कडई गर्न माग

चितवन । बजार अनुगमनलाइ अझ चुस्तदुरुस्त बनाउन चितवनका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बजार अनुगमन समितिको बैठकमा बोल्ने उपभोक्ता अधिकारकर्मीहरुले यसअघि भएका अनुगमन प्रभावकारी नभएको वताएका हुन् ।

कार्यक्रममा बोल्दै उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुषालले उत्पादन भएका खाद्य पदार्थका खोलमा मिश्रण भएको सबै तत्वहरुको विवरण उल्लेख गरिनुपर्ने वताए । यसअघि भएका अनुगमनबाट कालोबजारी गर्ने वा गुणस्तरहिन खाद्य पदार्थ विक्री गर्नेलाइ कारबाहि हुन नसकेको उनले वताए ।

सञ्चारकर्मी प्रकाश सिग्देलले खाद्य पदार्थको अनुगमन गर्ने छुट्टै टोलि हुनुपर्ने वताए । शंकास्पद खाद्य पदार्थको गुणस्तर परिक्षण भएर रिपोर्ट आउनै ३ महिना देखि बर्ष दिन सम्म लाग्ने गरेको भन्दै उनले यसलाइ व्यवस्थित गर्न प्रजिअलाइ आग्रह गरे ।

पिपुल फोरमका संयोजक सुर्य बोहोराले कन्सलटेन्सिहरुको पनि प्रभावकारी अनुगमन गर्न आग्रह गरे । कपडा र फेन्सिजन्य सामग्रीहरुमा न्युन विजकीकरणको समस्या रहेको उद्योग बाणिज्य संघ चितवनले प्रजिअ जितेन्द्र बस्नेतको ध्यानाकर्षण गराएको छ ।

Loading...