सूचना लुकाउँदै स्थानीय तह

नवलपुर । गैडाकोट नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) मा रहेको गैंडाकोट नगरपालिका ले सूचना लुकाएको छ । गैंडाकोट १३ मा रहेको अविनाश ह्याचरी प्रा.लि र गैंडाकोट ९ मा नै रहेको जय श्री फुडस प्रा.लि को नक्सा पास सम्बन्धमा गरेका काम कार्वाही को सम्पुर्ण कागजात को प्रमाणित प्रतिलिपी उपलब्ध गराउन भनी नेविसंघ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले सूचना माग गर्दा सूचना नदिएको मंगलवार गैंडाकोट मा आयोजित पत्रकार सम्मलेनमा जानकारी गराईएको छ ।

नेविसंघ नवलपरासी( बर्दघाट सुस्ता पुर्व) ले गरेको पत्रकार सम्मलेनमा संघका जिल्ला अध्यक्ष राजेश पौडेलले सो कुराको जानकारी गराए । अविनाश ह्याचरी प्रा.लि र जय श्री फुडस प्रा.लि को नक्सा पास गर्दा व्यापक आर्थिक चलखेलको सूचना आफुहरुले पाएको र सो विषयमा जानकारी माग्दा सूचना नदिएको र सूचना दिन अस्वीकार गर्नु को पछाडी व्यापक आर्थिक चलखेल रहेको पत्रकार सम्मलेन मा बताईको छ ।

२०७४ असार २६ गते नगरपालिका ले एक सूचना निकालेर साउन २ सम्म नक्सा पास सम्बन्धि सम्पुर्ण काम नहुने भनी जानकारी गराएको थियो रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्र.।ली. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको नेविसंघको आरोप रहेको छ । यो समयमा नक्सा पास हुँदा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ ।

रोक्काको समयमा नगरपालिकाका स।ई। लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इ। राजु अर्यालको नाम भएता पनि दुबै जनाले पनि अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष (वर्दधाट—सुस्तापुर्व) राजेश पौडेल ले बताए ।

Loading...