सांसदको निलम्बनबारे संसदमा मतदान हुने

काठमाडौं । प्रतिनिधिसभाको नियमावलीमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसदमा मतदान हुने भएको छ ।

नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरु विभाजित भएपछि सभामुख कृष्ण बहादुर महराले मंगलबार अनौपचारिक रुपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका थिए ।

छलफलमा दलहरुबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए ।

Loading...