चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मर्ने क्रम अझै रोकिएन

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा वर्षे नि चोरी सिकारी सुन्य मनाईदै आएको निकुञ्जमा यति खेर काल गतिले दुर्लभ एकसिंगे गैँडा मर्ने क्रम अझै रोकिएको छैन् । चोरी शिकारीबाट गैंडा नपरेपनि कालगति मर्ने क्रम बढेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा सोमबार एक गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सौराहाको ढुंग्रे खोलामा मृत फेला परेको गैँडा उमेरको कारण बुढो भएर मरेको बताउनुभयो ।

करीब ३५ वर्षको गैँडा खोलाको पानीमा मृत अवस्थामा फेला परेको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । खाग र खुर सुरक्षित रहेको गैँडालाई परीक्षण गरी गाडिएको छ । उहाँका अनुसार उक्त बुढो गैँडा लामो समयदेखि सौराहा आसपास डुल्दै आएको थियो । यो सँगै चालु आर्थिक वर्षको अहिलेसम्म कालगतिले २४ वटा गैँडा मरिसकेका छन् ।

अघिल्लो आर्थिक वर्षमा कालगतिले २५ गैँडा मरेका थिए । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा प्राकृतिक बासस्थानमा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा गैँडाको मुख्य बासस्थान भने चितवन राष्ट्रिय निकुञ्ज हो । यहाँ पछिल्लो अनुगमनमा ६०५ गैँडा भेटिएको तथ्यांक छ ।

Loading...