डेरी उद्योगले किसानसंग दुध लिन विभिन्न बाहान गर्दै ? चितवनमा दैनिक ३ लाख लिटर दुध उत्पादन निकासी ठप्प हुने संकेत

चितवन, चितवबाट बाहिरी जिल्लामा निकासी हुदै आएको दुग्ध जन्य पदार्थ निकासीमा ठप्प हुने संकेत देखिन थालेको छ । यति बेला चितवनमा उत्पादन हुदै आएको दैनिक ३ लाख लिटर दुध बिभिन्न डेरी उद्योग एवम कम्पनीहरुले उठाउन आलटाल गर्न थाले पछाडि दुध निकासी ठप्प हुने अबस्थममा पुगेको हो ।

चितवनबाट निकासी हुदै आएको दुधलाई निर्यात गर्नको लागि हाल बिभिन्न कम्पनीले ड्राईभर नभएको बहाना, गाडि नभएको वा बाटो जाम भएको भन्दै दुध निकासी ठप्प पार्न खोजेको किसानले बताएका छन । बुधबार चितवन स्थित रत्ननगरमा दुधको बजारिकरणमा देखिएको समस्या बिषयको पत्रकार सम्मेलनमा किसानले यस्तो बताएका हुन ।

भारतबाट आउने पाउडर र कच्चा दुधका कारण नेपालका किसानहरुले उत्पादन गरेको दुध उठाउन डेरी उद्योगले आनाकानी गरेको दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सदस्य भगिरथ तिमल्सिनाले बताउनु भएको छ । चितवनमा उत्पादन भएको दुध खरिपाटिी डेरी, तुलसा डेरी,आधुनीक डेरी उद्योग लताएत करिब ३ दर्जन नीजी र सरकारको स्वामित्मा रहेको दुग्ध बिकाश ंसंस्थानले खरिद गरि लैजाने गरेका छन, तिमिल्सिनाले भन्नु भयो ।

ब्यबसायिक पशुपालक कृषक समाज एवम नगर स्तरिय दुग्ध उत्पादक सहकारी समन्वय समिति रत्ननगरले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष किशोर बगालेले डेरी उद्योगले दुध लैजान समेत सहज रुपमा नमानेको तथा लगेको दुधको भुक्तानी पनि समयमै उपलब्ध नगराएको बताउनु भएको थियो । हाल नेपालमा दैनिक ४ लाख लिटर दुध अपुगद भएको भनिए पनि देश भित्रनै उत्पादन भएको दुधले बजार नपाउने अबस्थाले गर्दा किसानहरु बाध्य भएर आन्दोलन गर्ने अबस्थामा पुगेका छन, वगालेले भन्नु भयो । केहि डेरी उद्योगहरुले जेठ १ गतेबाट दुध उठाउन नसक्ने भन्दै सहरकारी संस्थालाई पत्राचार गरेको घटनाले गर्दा समेत दुध निकासी ठप्प हुने संकेत देखिएको बगालेले जानकारी दिनु भयो ।

दुध निकासी ठप्प हुने संकेत देखा परे सँगै समस्याहरु समाबेश गरी नेपाल सरकार, कृषि तथा भुमि सुधार मन्त्रालयमा ७ बुदे ज्ञापन पत्र समेत पेश गर्ने तयारी गरेको छ । यदि यो सम्बन्धमा सुनुवाई नभएमा आन्दोलनमा जान बाध्य हुने किसानहरुले चेतावनी दिएका छन ।

Loading...