अष्ट्रेलियन एजुकेशन सेमिनार हुँदै

चितवन । जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रबन्ध गर्दै आइरहेको एविसी एजुकेशन एण्ड माइग्रेसनको आयोजनामा सेमीनार हुने भएको हो ।

भरतपुरको होटल गार्डेन रिसोर्टमा विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म सेमिनार हुने छ । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यले सेमीनार आयोजना गर्न लागिएको एविसी एजुकेशन एण्ड माइग्रेसनका सेल्स एण्ड मार्के्टिङ प्रमुख किरण भट्टराइले जानकारी दिए ।

एकदिने सेमीनारमा आयोजकका साथै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । मुख्यत आगामि इन्टेकका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सेमिनारमार्फत आफु पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य जानकारी प्रतक्ष्य रुपमा लिन सक्नेछन् ।

विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक अवस्थाअनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु सेमीनारको उदेश्य हो, भट्टराले भने । कुनैपनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस भन्ने हाम्रो चाहना हो ।सेमीनारमा निशुल्क प्रवेशको व्यवस्था छ । विगत लामो समयदेखि सेवा प्रदान गरिरहेको एविसी मार्फत हालसम्म हजारौं विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि पुगिसकेका छन् ।

Loading...