चितवनका कन्सल्टेन्सिमा छापा

चितवन । दर्ता नगरि सञ्चालन भएको सिएमसि पछाडि रहेको सेन्ट जेभियर्स इन्स्टिच्युट बन्द गरिएको छ । मापदण्ड पुरा नगरी सञ्चालन भएको भनि प्रमुख जिल्ला अधिकारीलाइ आएको विशेष सुचनाका आधारमा बजार अनुगमनमा गएको टोलिले भरतपुर र नारायणगढका गरि ९ ओटा इन्स्टिच्युटहरुको अनुगमन गरेको थियो ।

९ ओटा इन्स्टिच्युटहरुको अनुगमन गरिएकोमा ३ ओटाले मात्रै मापदण्ड पुरा गरि सञ्चालन भएको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।

सेन्ट जेभियर्सको शाखा शिक्षा विभागमा दर्ता नै नभई सञ्चालन भएको पाइएपछि बन्द गरिएको शर्माको भनाइ छ । अन्य ५ ओटालाइ पनि कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमन टोलिले सप्तगण्डकी चोकको सि स्टार एजुकेशनल कन्सलटेन्सि, चितवन ह्वाइट हाउस एजुकेशनल एकेडेमी, ह्वाइट हाउट एजुकेशन जोन लगायत कन्सलटेन्सिहरुको अनुगमन गरेको हो ।

मापदण्ड विपरित सञ्चालन भएका व्यवसायीलाइ कडाई गर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वताएका छन् । अनुगमनलाइ चुस्तदुरुस्त बनाउन महिनामा कम्तिमा एक पटक बजार अनुगमन समितिको बैठक बस्ने उनले वताए ।

Loading...