कम्युनिष्टहरू अादर्शबाट स्खलित भए, पहिले मर्न लड्थ्यौँ, अहिले सांसद र मन्त्री बन्न लड्दै छौँ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताएका छन् ।

नेकपाको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनल कम्युनिष्टहरू सिद्धान्तबाट स्खलित भएको भन्दै दुःख समेत व्यक्त गरे। अब त्यो स्खलनबाट मुक्त हुने समेत उनले घोषणा गरे।

‘पहिले मर्नका लागि लड्थ्यौँ अहिल सांसद बन्न, मन्त्री बन्न लड्दै छाैँ’, उनले भने, ‘कम्युनिष्टहरू सिद्धान्त, अादर्शबाट कहिँ कतै स्खलित भएकै हौँ।’

अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको बताए ।

अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे।

आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उनले एकता प्रक्रिया महान् छलाङको अर्को रुप भएको दाबी गरे।

Loading...