नेपालका दुर्इ ठूला कम्यूनिष्टबीचको एकताः दिनभर जे देखियो

काठमाडौँ । एकता होला र नहोलाको दोधारको बीचमा नेकपा एमाले र माअोवादी केन्द्र एक भएका छन्।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र जनयुद्धबाट अाएको २१ अाैँ सताव्दीको नाैलो जनबाद भन्ने दुर्इ दल समाजवाद उन्मुख जनताको जनवादमा अाएर एक भएका छन्।

मार्क्सवाद र लेलिनबादको सिद्धान्तमा नेपाल कम्यूनिष्ट पार्टीको नाममा दर्ता भएका छन्।

बिहीबार बिहानै संयोजन समितिको बैठकपछि एमालेको बालुवाटार र माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेका अलगअलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्बीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेको जस्तो देखिन्थ्यो ।

संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यहरूले सपथ लिए।

अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघठनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताए।

Loading...