स्वामि निश्चलानन्द देवघाटमा

चितवन । श्री गोवर्धनमठ पुरी भारतका वर्तमान १४५ औं जगद्गुरु शंकराचार्य स्वामी निस्चलानन्द सरस्वती जि महाराज देवघाट पुग्नु भएको छ ।

काठमाण्डौ देखी हेलिकप्टरमा उहाँ देवघाट अवतरण गरी त्यहाँको धार्मीक महत्वका बारेमा जानकारी लिदै भत्तहरुलाई प्रवचन दिनु भएको छ । भरतपुरमा आयोजना भएको नागरिक अभिननदन कार्यक्रममा सरिक हुन उहाँ बिहिबार यहाँ आउनुभएको हो । शुक्रबार भरतपुरको गेस्टहाउस चहुरमा उहाँलाई अभिन्नदन गर्ने काईक्रम छ । देवघाटमा आउनुभएका उहाँलाई देवघाट क्षेत्रबिकास समितिले शालिग्राम उपहार दिएको थियो भने त्यहाँका बिभिन्न पिठका पिठाधिशहरुले शन्त परम्पराअनुरुप उहाँको स्वागत गरेका थिए ।

सो अवसरमा सयौको संख्यामा भक्तहरुले उहाँको दर्शन गरेका थिए भने देशका बिभिन्न क्षेत्रबाट धार्मीक गुरुहरुको उपस्थिती समेत रहेको थियो । हिन्दु धर्मका एक महान गुरु संक्रराचार्यको नेपाल आगमन आफैमा महत्वपुर्ण रहेको चैतन्य कृष्ण जी महाराजले बताउनु भयो ।

Loading...