९१ लाख बराबर कृषि औजार वितरण

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा कृषि र पशुपंक्षी विकास कार्यक्रमका लागी ९१ लाखको कृषि औजार र अनुदान रकम वितरण गरिएको छ । प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा विहीवार खैरहनी नगरपालिकाले ६० लाख बराबरको कृषि औजार र ३१ लाखको पशु विकासका लागि अनुदान रकम वितरण गरेको हो ।

सहकारी र समूह मार्फत किसानले प्राप्त गर्नेगरी आलुको ड्याङ बनाउने मेसिन ५ थान, धान काट्ने रिपर १६ थान र पावर टिलर १३ थान वितरण गरिएको खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले जानकारी दिनुभयो । किसानलाई ८० प्रतिशत अनुदानमा कृषि औजारहरु वितरण गरिएको चौधरीले वताउनुभयो ।

खैरहनी नगरपालिकाले कृषिमा चालु आर्थिक वर्षमा १ करोड रुपैया छुट्याएको थियो । नगरमा पशु विकास कार्यक्रमका लागि ३१ लाख रुपैया अनुदान वितरण गरिएको छ । पशु बिकास कार्यक्रम अन्र्तगत गोठ सुधारमा ठुला कृषक तथा फर्मलाई प्रति ५० हजारका दरले र सोही शीर्षकमा साना किसान तथा साना फर्मलाई प्रति १५ हजारका दरले वितरण गरिएको छ ।

बाख्राको खोर सुधार अन्र्तगत ठुला किसान तथा फार्मलाई प्रति २० हजार, साना किसानलाई प्रति १५ हजार, पशुपंक्षी बजार प्रर्वद्धन कार्यक्रम अन्र्तगत मिल्क एनलाईजर ९ वटा दुग्ध सहकारीलाई प्रति एक लाखका दरले, पाच सय लिटरको चिलिङ भ्याट खरिदका लागि एक सहकारीलाई १ लाख प्रदान गरिएको छ ।

यस्तै डेरी पसल सुधार कार्यक्रममा १ जनालाई ५० हजार, च्यापकटर १३ थान ,ह्वील व्यारो मल फाल्ने मेसिन २० थान किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोतम शर्माले जानकारी दिनुभयो । अनुदान वितरण कार्यक्रममा कृषि मन्त्री लामाले खैरहनी नगरपालिका कृषि र पर्यटनको सम्भावित नगर भएकाले मन्त्रालयले पनि त्यसै अनुसार योजना वनाएर काम अघि वढाएको बताउनुभयो ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको अनुदानमा कृषि औजार वितरण कार्यक्रममा नगर उपप्रमुख सुनिता थपलिया,खैरहनी १० का वडाध्यक्ष एवंम् कृषि तथा आर्थिक विकास समिति संयोजक कारिराम चौधरी, प्रशासकिय अधिकृत प्रकाश पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Loading...