एभरेष्ट बैंक रत्ननगर

चितवन । एभरेष्ट बैंक लिमिटेडले रत्ननगरमा सेवा सुरु गरेको छ । विहीवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सो बैंकको टाँडी शाखा उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले सामान्य आर्थिक हैसियत भएका समुदायको पहुँच हुने गरी सेवालाई सहज बनाउन आग्रह गरे । २३ बर्ष देखि सेवा प्रदान गर्दैै आईरहेको सो बैंकले ८० औं शाखाको रुपमा रत्ननगरमा सेवा सुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेटले जानकारी दिए ।

१३१ वटा एटीएम रहेको सो बैंकको अहिले सम्म ९ लाख भन्दा बढी ग्राहक रहेको सेटले जानकारी दिए । आधुनिक बैंकिङ सेवा प्रदान गरेर यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ शाखा स्थापना गरी कारोवार सुरु गरिएको प्रमुख कार्यकारी अधिकृतसेटले बताए । उनले बैंकले आर्थिक कारोवर संगै सामाजिक उत्तरदायित्वलाई पनि संगसंगै अगाडि बढाउदै आएको बताए ।

बैंकका टाँडी शाखा प्रबन्धक भगवान कुमार थापाले शाखा कार्यालयबाट बैंकिङ तथा इन्सुरेन्स सेवा प्रदान गर्ने बताए । कार्यक्रममा बैंकका नायव महाप्रबन्धक गिरिश कोहोली,वडा नं.२ का वडा अध्यक्ष तिलकराज शर्मा,रत्ननगर उवासंघका उपाध्यक्ष भिमनारायण श्रेष्ठ,इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी बासुदेव खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

Loading...