क्युवामा विमान दुर्घटना कम्तिमा १०० को मृत्यु

काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटना हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ ।

तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते रहेको बीबीसीले जनाएको छ । बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

जहाजमा ११० जना यात्रु र चालक दलका सदस्य थिए। विमानका चालक दलका ६ सदस्य मेक्सिकन नागरिक थिए भने पाँच विदेशी सहित अन्य यात्रु क्युवाका रहेको थिए।

Loading...