बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणमा विवाद उत्पन्न, साना किसानलाई पेलेको गुनासो

चितवन । चितवनको खैरहनी ९ सुतर्नीका स्थानीय कृषकको खोरमा देखा परेका ब्र्डफ्लुका कँरण त्यहाका स्थानीय आकरान्त बनेका छन । गत बिहिबार ल्यरसल कुखुरामा ब्लर्डफ्लुको संक्रमण भएको फेला परे पछाडि चितवनका कुखुरा ब्यवसायि त्रशित भएका हुन । बिहिबार बसेको मन्त्री परिषदको बैठकले स्थानीय कृषक राजन चौधरीको खोरलाई आधार मानेर वर पर रहेको खोरका कुखुरा नष्ट गर्ने गरेको निर्णय प्रति सुर्तानीका कुखुरा पालेका कृष्क आत्रोषित भएका हुन ।

    संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन् । प्रमुख डा. खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन् । 

किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन् । उनीहरुले नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै त्यसको विरोध गरेका हुन् । हाल कुखुरा मार्दै गरेको फार्म एक किमी ३०० मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो रहेको उहाँले बताउनुभयो । क्षेत्र हेर्ने क्रममा स्थानीय किसानलाई सहभागिता नगराएका कारण पनि समस्या भएको भट्टको भनाइ छ ।

उहाँले किसान र सरकारी टोली बसेर समस्याको समाधान खोजिने बताउनुभयो । मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् । प्रमुख डा.खरेलले बर्डफ्लू नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लू देखिएको क्षेत्रबाट तीन किमी उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर चार किल्ला तोक्न सकिने बताउनुभयो ।

सो प्रतिवेदनलाई मन्त्रिस्तरीय निर्णय गरेपछि घरपालुवा पक्षी मार्ने गरिन्छ । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लू देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको थियो तर पनि यहाँ बर्डफ्लू देखिएको हो । कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्ब भन्दा बढी लगानी रहेको छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ ।

Loading...