आमाको नामबाट नागरिकता पाउन सकिने अधिकारलाइ सहज बनाउन महिला अधिकारकर्मीहरु माग

चितवन,आमाको नामबाट नागरिकता पाउन सकिने अधिकारलाइ सहज बनाउन महिला अधिकारकर्मीहरुले माग गरेका छन् । महिला तथा बालबालिका कार्यालय चितवनले शनिबार आयोजना गरेको महिला तथा बालबालिका सम्बन्धि विद्यमान कानुनी व्यवस्था, कानुन कार्यान्वयनमा देखिएका जटिलताका सवाल, प्रादेशिक कानुन, महिला तथा बाल अधिकार सुनिश्चितताका लागि सम्बोधनका पक्षहरु विषयका अन्तरक्रिया कार्यक्रममा बोल्ने महिला अधिकारकर्मीहरुले यस्तो वताएका हुन् ।

कार्यक्रमका सहजकर्ता महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाका हक अधिकारका विषयमा अहिलेको संविधान प्रगतिशिल बनेको भएपनि कार्यान्वयन गर्नु अपरिहार्य भएको वताए । सम्मान सहित आमाको नामबाट नागरिकता पाउने व्यवस्थाको कार्यान्वयन गर्न उनले सरकारसंग आग्रह समेत गरेका छन् । कतिपय अवस्थामा जारि गरिएका नागरिकतामा आमा वा बुबाको ठेगान नखुलेको भनि उल्लेख गरिएको भन्दै श्रेष्ठले यसतर्फ ध्यान पु¥याउन सुझाव दिए ।

अब बन्ने प्रदेश र स्थानिय तहको ऐनमा पनि यस प्रकारको व्यवस्था राखेर छिटो कार्यान्वयनमा ल्याउन प्रदेश सांसद एवं स्थानिय तहका जनप्रतिनिधिहरुलाइ महिला अधिकारकर्मीहरुले आग्रह गरेका छन् । महिलाहरुलाइ पैतृक सम्पत्ति र सामाजिक सुरक्षाको व्यवस्था समान हुने भनि संविधानमा उल्लेख गरेपनि कार्यान्वयन हुन नसकेको उनले वताए । समान वंशिय हकका आधारमा नागरिकता पाउन योग्य व्यक्तिले चाहेको अनुसार आमा वा बुबाको थर राख्न पाउने उनले वताए ।

Loading...