नारायणी मोटर्सले भित्र्यायो नया मोडलको एभेन्जर एक सय ८० स्ट्रीट मोटरसाइकल

चितवन,बजाज कम्पनीले नया मोडलको एभेन्जर एक सय ८० स्ट्रीट मोटरसाइकल बजारमा पठाएको छ । एक सय ८० सिसि ईन्जिन क्षमता भएको एभेन्जर मोटरसाइकल नारायणगढको नारायणी मोटर्सले भित्र्याएको हो ।

करिब दुई लाख ७२ हजार रुपैया मूल्य रहेको एभेन्जर मोटरसाइकलको बुकिङ सुरु भएको र केही दिनमा बिक्री सुभारम्भ गरिने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जानकारी दिए ।

फो स्टक इन्जिन जडान गरिएको नया एभेन्जर मोटरसाइकलमा १३ लिटर पेट्रोल क्षमताको ट्याङ्की रहेको उल्लेख गर्दै चुकेले उक्त मोटरसाइकलको माइलेज ४५ किलोमिटिर प्रतिलिटर रहेको बताए ।

पाच गियर रहेको मोटरसाइकलमा दुई वर्षको वारेन्टी रहेको छ भने कालो र रातो रङमा मोटरसाइकल उपलब्ध भएको चुकेको भनाइ छ । बजाज कम्पनीले नयँ निकालेको एक सय ८० सिसि क्षमताको एभेन्जर मोटरसाइकलमा ठूलो चक्का रहेकोले लामो तथा छोटो दूरीको यात्राका लागि सहज हुने चुकेले बताए ।

आइतबार मात्रै नारायणगढमा भित्रिएको एभेन्जर एक सय ८० स्ट्रीटको काठमाडौ र नारायणगढमा एकैसाथ बिक्री गर्ने तयारी भइरहेको छ ।

Loading...