त्रिकोणात्मक प्रेममा “तिम्रो मान्छे म”


चितवन, युवा युवतीहरुबीच अत्याधिक रुचाइएको त्रिकोणात्मक प्रेम कथामा आधारित “तिम्रो मान्छे म” को म्युजिक भिडियो बजारमा आएको छ । म्युजिक भिडियोलाई हाईलाईस्टस म्युजिकले बजारमा ल्याएको हो ।
कृपा डिजिटलको प्रस्तुति रहेको उक्त पप गीतमा युवा पंक्तिमा चर्चामा रहेका एवं दर्जनौ गीतहरुमा आफ्नो स्वर दिईसकेका गायक अनिल राईले स्वर दिएका छन् ।
म्युजिक भिडियो निर्देशनमा निकै कुशल क्षमता भएका चर्चित युवा कलाकार आभास रानाले निर्देशन गरेको उक्त म्युजिक भिडियोको क्यामरामा पनि राना नै रहेका छन् । रानाले यसअघि ह्वाइट रिक्स, चितवन चक्लेटलगायतका टेलिसिरियलहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

म्युजिक भिडियोमा कलाकार आकृत, दिव्या र रोहनले अभिनय गरेका छन् । विशाल पौडेलको म्युजिक एरेन्ज रहेको उक्त म्युजिक भिडियोको सुबोध श्रेष्ठले सम्पादन गरेका हुन् ।

Loading...