नारायणी मोटर्सले एभेन्जर १८० स्ट्रीटको सोमबारदेखि चितवन सहित देशैभरी बिक्री सुरु

चितवन,बजाज कम्पनीले बजारमा ल्याएको एभेन्जर १८० स्ट्रीटको सोमबारदेखि चितवन सहित देशैभरी बिक्री सुरु गरिएको छ । सोमबार नारायणगढको नारायणी मोटर्सले औपचारिक कार्यक्रम गर्दै एभेन्जर १८० स्ट्रीटको बिक्री सुभारम्भ गरेको हो ।

स्पोर्ट बाइकको सेग्मेन्ट अन्तर्गत एक सय ८० सिसि ईन्जिन क्षमता भएको एभेन्जर १८० स्ट्रीटले चालकहरुको मन जित्ने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले विश्वास व्यक्त गरे । एभेन्जर २२० सिसि र १५० सिसिको सफलता पछि बजाज कम्पनीले १८० सिसि क्षमताको एभेन्जर १८० स्ट्रीट बजारमा ल्याएको हो ।

पाँच गियर क्षमता तथा १३ लिटर पेट्रोल ट्यांकी भएको एभेन्जर १८० स्ट्रीटको बजार मूल्य दुई लाख ७१ हजार रुपैयाँ रहेको नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले बताए । उक्त मोटरसाइलकमा आधुनिक डिजिटल मिटर, मोटो ट्युबलेस टायर जडान गरिएको हुनाले तीव्र गतिमा समेत आरामदायी यात्रा गर्न सकिने खरेलको भनाइ छ ।

उक्त मोटरसाइलकले प्रतिलिटर पेट्रोल ४५ किलोमिटर माइलेज दिने उल्लेख गर्दै खरेलले डिटिएसआई ईन्जिनमा उत्कृष्ट १५ दशमलब पाँच हर्स पावर क्षमता भएकोले अन्य मोटरसाइकलभन्दा उत्कृष्ट रहेको बताए ।

Loading...