राजमार्ग छेउका फलफुल व्यवशायिहरु फलफुल व्यापारबाट मनग्य आम्दानी गर्न सफल

बिबेक भण्डारी


कावासोती,फललफुलको व्यवशाय राम्रो हुदै गए संगै कावासोतीका फलफुल व्यवशायिहरु उत्साहित भएका छन । जिल्लाको कावासोतीको मुख्य बजारमा रहेका पर्याप्त फलफुल व्यवशायिहरु फलफुल व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

कावासोतीको मुख्य बजार त्यसमा पनि कावासोती हुदै पहाडि क्षेत्र जाने मुख्य चोक पनि परेको हुदा फलफुलको व्यापार राम्रो भएको व्यवशायिहरुको भनाइ छ । थोरै लगानिमा पनि स्थापना गरि समितिमा दर्ता गराए संञ्चालमा आएका फलफुल व्यवशायले राम्रो व्यवापार गर्न थाले पछि सो क्षेत्रमा फलफुल विक्रि गर्ने पसलको संख्यामा पनि बृद्धि भएको छ ।

काठमाण्डौ , नारायणगढ लगायतका स्थानबाट ल्याउने फलफुलहरुको माग बढ्दो रहेको छ ।

Loading...