चितवनमा ग्रेस इन्टर स्कूल सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

चितवन, चितवनमा ग्रेस इन्टर स्कूल सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । यही जेठ ११ र १२ गते नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको हो । लियो क्लव अफ भरतपुरको आयोजनामा हुन लागेको प्रतियोगिता लिग चरणमा हुनेछ ।
आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । क्लवका अध्यक्ष विकास कार्कीले टेनिस बलमा खेलाईने प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा चितवन र नवलपुरका गरी २४ विद्यालयको सहभागिता रहने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । ग्रेस इन्टरनेशनले मूख्य प्रायोजन गरेको प्रतियोगितालाई सहयोगी संस्थ चितवन क्रिकेट संघ रहेको छ ।

Loading...