बडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय चितवनले घरेलु मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियानलाई तिब्र गरेको छ । बडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको ९ सय ५० लिटर घरेलु मदिरा र १८ लिटर मदिर बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । गोप्य सूचनाको आधारमा भरतपुरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको मदिरा बुधवार नष्ट गरिएको हो ।

भरतपुर महानगरपालिको बाह्रघरे,आँपटारी,बसपार्क र भोजाड क्षेत्रमा छापा मारेर नियन्त्रणमा लिइएको मदिरा र कच्चा पदार्थ नष्ट गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक केशव कुमार शाहाले जानकारी दिनुभयो । मदिरासंगै उत्पादन गर्न चाहिने १२ थान उपकरण, २ सय २० थान ड्रम बरामद गरिएको शाहाले बताउनुभयो ।

अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिनुभयो । उहाँले थ्रि एस अप्रेसन अन्तर्गत समाजमा हुने गुण्डागर्दी,महिला हिँसा,लागु पदार्थ ओसारपसार तथा सेवन,ट्राफिक व्यवस्थापनका कामलाई चितवन प्रहरीले प्राथमिकतामा राखेको बताउनुभयो ।

समाजमा अधिकांस घटना मादकपदार्थ सेवनबाट हुने भएकाले घरेलु मदिरा बरामद गरेर नष्ट गरेको उहाँको भनाई छ । मदिरा उत्पादन गरिरहेका नागरिकलाई आगामी दिनमा मदिरा उत्पादन नगर्न निर्देशन दिँदै बैकल्पिक पेशा अवलम्बन गर्न आग्रह गरिएको राठौरले बताउनुभयो । एसपी राठौरले भन्नु भयो अव यो अभियानलाई जिल्ला प्रहरी कार्यालयले तिब्रगतिमा लिएर जन्छौ, यदि कतै लुकाई छुपाई घरेलु मदिरा बिक्री बितरण गर्छ भने कानुन बमुजिम कारवाही गरिने राठौरले बताउनु भयो ।

Loading...