३ वटा एजुकेशन कन्सल्टेन्सी बन्द गर्न निर्देशन

चितवन,पुर्वीचितवनको रत्ननगरमा २० बर्षदेखी संचालन हुदै आएको मासु पसल बन्द गरिएको छ । बिना दर्ता मासु पसल संंचालन गर्दै आएका सोहराव आलाम , अब्दल वदा र मोहमद समसुलको मासु पसल बुधबार बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बिना दर्ता संचालन भएका मासु पसल बन्द गरिएको बजार संरक्षण अधिकृत ओमनारायण शर्माले जानकारी दिनुभयो ।

टोलीले रत्ननगर क्षेत्रको ३ वटा एजुकेशन कन्सल्टेन्सी समेत बन्द गरेको छ । अनुगमनको क्रममा दर्ता तथा स्विकृति पत्र लगायतको आवश्यक कागजपत्र नभएकाले कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको बजार संरक्षण अधिकृत शर्माले बताउनुभयो । रत्ननगर १ को हनामी एजुकेशन , म्यक्स वे र एकेडेमीक इन्टरनेशनल प्रालि बन्द गर्न निर्देशन दिइएको हो ।

अनुगमन टोलीले एक्सपर्ट एजुकेशन , फ्रिक्वयन्सी इन्टरनेशनल र योअर च्वाइस इन्टरनेशनल एजुकेशन प्रालिलाई थप कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमन टोली आउने खबर पाएपछि केही कन्सलटेन्सीहरु पहिलानै बन्द भएको पाइएको उपभोक्ता अधिकार संरक्षण मंच चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

Loading...