तेस्रो वृहत इक्यान चितवन शैक्षिक मेला हुने


चितवनमा सबै भन्दा ठूलो शैक्षिक मेला तेस्रो वृहत इक्यान चितवन शैक्षिक मेला–२०७५ हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ चितवन शाखाको आयोजनामा यही जेठ २५ देखी २७ गतेसम्म शैक्षिक मेला हुन लागेको हो । इक्यानले बिहिबार भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाको तयारी सुरु गरिएको जानकारी दिएको हो ।

नेपाल शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष भानुभक्त खरेलले यस पटकको शैक्षिक मेला अझै वृहत्त हुने बताउनुभयो । यसअघि भएका दुई वटा मेला पूर्ण रुपमा सफल भएको भन्दै यसपटकको मेला पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहँले मेलामा इक्यानमा आवद्ध र शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त कन्सलटेन्सीहरुको स्टल रहने बताउनुभयो ।

मेलामा वैधानिक कन्लसटेन्सीका स्टलहरु मात्र रहन्छ, अवैधानिकलाई हामीले पनि कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छौं, अध्यक्ष खरेलले भन्नुभयो । कार्यक्रममा बोल्दै संघका सचिव रविन केसीले चितवन प्रदर्शनी केन्द्रमा हुने मेलामा ६० वटा स्टल र ९ वटा ठूला पेभिलियन रहने, यसका लागि तयारी भईरहेको बताउनुभयो ।

कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य यज्ञविलास पौडेल, चितवन शाखाका निवर्तमान अध्यक्ष जीवन रिजाल, मेला संयोजक सुवास गौतम, निवर्तमान सचिव हिम्मत पुरीलगायतको सहभागिता रहेको थियो ।

Loading...