शास्वातधामको नाममा विनोद चौधरीको धन्दा सार्वजनिक जग्गा अतिक्रमण, उद्योगबाट उत्पादित फोहोर सोझै खोलामा

- बिबेक भण्डारी

नवलपुर । अन्तर्राष्ट्रिय ख्याति प्राप्त वाइ वाई चाउचाउ उत्पादन गर्ने चौधरी उद्योग ग्रामले नियम विपरीत भवन निर्माण तथा जग्गा कब्जा गरेको खुलासा भएको छ ।

देवचुलि नगरपालिका वडा नम्बर दुई दुम्कौलिमा रहेको उक्त चौधरी ग्रामले गरेका कार्यहरु तत्काल सुधार गर्न भन्दै देवचुलि नगरपालिकाको कार्यलयले सिजि ईन्डष्ट्रियल पार्कको नाममा आवस्यक कार्यर्थ शिर्षक नै राखि २०७४ साल श्रावण महिनाको १९ गते पत्र नै काटेको थियो ।

उक्त पत्रमा चौधरी ग्राममा निर्माण भएको शाश्वतधाम प्रवेशद्धार भित्र पट्टि खोलाको सार्वजनिक जग्गामा दुई तल्ले पक्की भवन निर्माण भएको, त्यस क्षेत्रभित्रका सार्वजनिक जग्गा छुट्याउन र जुन सुकै संरचना भए पनि छ महिना भित्र हटाउन निर्देशन समेत दिएको थियो ।

नगरपालिकाले सिजी पार्कलाई दिएको पत्रमा शाश्वत धाम नजिक रहेको कर्कदह खोला पुरै अतिक्रमण गरी बुद्धको मुर्ति स्थापना भएको र उक्त खोलामा कुण्ड भनिएकोमा फोहोर पानी र हिलो जम्मा भई दुगन्र्धीत भएको, ईन्डष्ट्रियल पार्ककोउत्तर तर्फबाट पार्क हुदै वहने खोला, कुला तथा खेतबाट झर्ने झरानको निकासको लागि पार्क भित्रका सार्वजनिक कुलोहरु तत्तकाल सफागरि गर्न भनि निर्देशन दिएको थियो। निर्देशनको अवज्ञा गर्दै सिजीले बुद्धको मुर्ति सार्ने काम बाहेक केहि नभएको देवचुलि नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाले पठाएको पत्रमा उद्योगबाट निस्किएको ठुलो मात्राको रासायनिक पदार्थयुक्त पानी प्रशोधन नगरि सोझै खोलामा पठाइएको र यसबाट गन्ध प्रदुषण, रसायननिक प्रदुषण भई किसानको खेती विनास भएको, जमिन मुनिको पानीको श्रोत प्रदुषित भई इनारको पानी पिउन योग्य नभएको, फोहोर पानी प्रशोधन केन्द्र चलाउने नगरिएको, उद्योगबाट निस्कने फोहोर पानीलाई प्रशोधन पश्चात मात्र बाहिर पठाउने प्रबन्ध छ महिना भित्र मिलाउन उद्योगलाई नगरपालिकाले निर्देशन दिएको छ।

उद्योगबाट ठुलो परिणाममा निस्कने प्लाष्टिकजन्य र तेलजन्य फोहोर जालाउने प्रविधि काम नचल्ने अवस्थामा रहेको, प्लाष्टिकजन्य र तेलजन्य लगायत हानिकारक ठोस फोहोर उच्च तापक्रममा जलाउने, तताउने प्रबन्ध मिलाई हानिकारक ग्याँस उत्सर्जन नहुने कुरा सुनिश्चिीत गर्ने, पार्क भित्र उत्तर, पूर्व र पश्चिम सिमानामा स्थानीयको जग्गासंग जोडेर लगाइएको रुपहरुले स्थानियको वालीनालीमा असर पारेकोले तत्काल उचित व्यवस्थापन गर्ने र स्थानियवासी संग समन्वयका लागि जनप्रतिनिधि सम्मिलित सी.जी प्रतिनिधि सहितको समन्वय समिति गठन गरी सबै कार्य व्यवस्तीत गर्ने भनि पत्र पठाएको थियो ।

साथै देवचुलि नगरपालिकाले सीजी पार्कलाई कानुन बमोजिम बुझाउनुपर्ने तथा उघोग परिसरमा रहेका विभिन्न उघोगहरुको छुटछुट्ै औधोगिक करहरु एंवम जग्गा , भवनहरुको एकीकृत सम्पत्तिकर बक्यौता सहित भुक्तानी गर्न र त्यस परिसर भित्र रहेका घर , भवन , संरचनाहरुको नक्शापास गर्नु गराउन समेत अनुरोध गरेको थियो ।

Loading...