आइपीएलमा नेपालको नाम चम्काउने सन्दीप गृहजिल्ला चितवनमा

चितवन । विश्व चर्चित भारतको घरेलु क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेर एकाएक चम्किएका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने शुक्रवार गृहजिल्ला चितवन आएका छन् । शुक्रवार अपरान्ह उनी बुद्ध एयरमार्फत चितवन आएका हुन् । एक्लै चितवन आएका सन्दीपलाई औपचारिक स्वागतका लागि भने क्रिकेटसंग सम्वन्धित कोही पनि आएनन् ।

उनलाई भरतपुर विमानस्थलमा दिदी भिनाजुले स्वागत गरेका थिए । नितान्त पारिवारिक भेटघाटका लागि आएकोले कसैलाई पनि खवर नगरी आएको उनले वबताए । बिमानस्थलवाट बाहिरिदा भने उनलाई फ्यानहरुले स्वागत गरेका थिए । उनीसंग सेल्फी खिच्नेहरुको एकाएक भीड नै लागेको थियो । विमानस्थलमा पत्रकारहरुसंग सक्षिप्त कुरा गर्दे क्रिकेटकै माध्यमबाट आफ्नो देशका लागि केही गर्ने लक्ष रहेको उनले बताए ।

आईपीएल खेल्दा धेरै कुुरा सिकेको बताउदै आगामी खेलहरुमा त्यो सिप उतार्ने उनको भनाई थियो । नेपालको क्रिकेट विकासका लागि सम्वन्धित निकाय निकै गम्भीर बन्नुपर्ने र सबैले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा उनको जोड थियो ।

उनले अब देशको लागि राम्रो क्रिकेट खेल्ने भन्दै छिट्टै नेपालले खेल्ने एक दिवसीय र टिट्वान्टी अन्तराष्ट्रिय खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।

Loading...