४ श्रष्टाद्वारा तेश्रो शृंखलामा गजलसंग तरन्नुम विशेष, “एक प्रदेशी मरेर पनि घर फर्किन्छ”

चितवन, गजल मन्च चितवनले शनिवार भरतपुरमा तेश्रो शृंखलाको गजलसंग तरन्नुम विशेषको आयोजना गरेको छ । गजल विशेष कार्यक्रममा धनकुटाबाट अनन्त अनुराग, पश्चिम कोहोलपुरबाट देवकी निरौला, गोरखाबाट प्रदिप रोदन र चितवन घर भई हाल काठमाण्डौ बस्ने शितल कादम्बिनि लगायतले गजल प्रस्तुत गरेका थिए ।

गजल विशेष कार्यक्रमको पहिलो चरणमा अनन्त अनुरागले “जुन हेर्न छतमा तिमि नआएकै जाति हुन्छ” लगायतका २ वटा गजल प्रस्तुत गरेका थिए । त्यस्तै अर्का गजलकार देवकी निरौलाले “उमेरभन्दा ठूली भए म” लगायतका २ वटा गजल प्रस्तुत गरेका थिए । त्यसैगरी अर्का गजलकार प्रदिप रोदनले “अगेनो हो संसार अरु सब दाउरा” र “एक प्रदेशी मरेर पनि घर फर्किन्छ”भन्ने शिर्षकको गजल प्रस्तुत गरेका थिए ।

अन्तिममा अर्का गजलकार शितल कादम्बिनिले “बरु पौडी खेल किन हान्छौ ढुंगा” र “म बिजोर थिए अब जोर भए” गजल प्रस्तुत गरेका थिए । उनले गजल प्रस्तुत गर्दा युवा वर्गबाट हुटिङ बढ्ेको थियो ।

तिन चरणमा जम्मा २० वटा गजल प्रस्तुत भएको थियो । गजल विशेष कार्यक्रममा विभिन्न जिल्लाबाट गजलकारहरु र गजल सुन्न ईच्छुक हुने ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Loading...