राजपालार्इ सरकारमा ल्याउने कसरतः महन्थ ठाकुरार्इ सभामुखको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाललार्इ सरकारमा ल्याउन कसरतमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरू लागि परेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुख दिइ सरकारमा सहभागि गराउने कसरतमा जुटेका हुन्।

यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । तर फोरमलार्इ सरकारमा ल्याउने कसरत असफल भएपछि राजपालार्इ सरकारमा ल्याउने तयारी भएको हो।

हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।

यसले गर्द केहीले यसमा हेरफेर हुनसक्ने देखेका छन् । त्यसैले पनि सभामुखमा राजपा अध्यक्षलार्इ लिएर सरकारमा ल्याउने तयारी भइरहेको स्रोतले जनायो।

Loading...