देवचुलीमा पशुपालन तालिम

नवलपुर । देवचुली नगरपालिकामा संचालित बहुक्षत्रिय पोषण कार्यक्रम अन्तर्गत बडा नम्बर १३ मा पशुपालन तथा करेशाबारी तालिम आयोजना गरिएको छ । बिपन्न तथा पछाडी परेका महिला तथा एक हजार दिनका आमा र बच्चाको अवस्था सुधार गर्न संचालित यो कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीको अध्यक्षता रहेको तालिममा बिपन्न ४० जना महिला सहभागी बनेका थिए । आयोजित तालिममा देवचुली नगरपालिका पशु विकास शाखा प्रमुख धनेश्वर खनाल, कृषि प्रमुख अलउदिन खान, सामाजिक बिकास शाखा प्रमुख संगीता पौडेल, पशु प्राबिधिक सत्यनारायण गोहीत, एकदेव पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा बोल्दै देवचुली नगरपालिका पशु विकास शाखा प्रमुख धनेश्वर खनालले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुन सके मात्र असल नागरिक र समृद्ध देशको परिकल्पना गर्न सकिने बताउनुभयो उहाले पशु पालन तथा तरकारी खेति बारे ज्ञान आर्जन गरेर राम्रो आम्दानी गर्न सकिने हुदा पनि यो तालिम आवस्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा देवचुली नगरपालिकावडा नम्बर १३ का वडा अध्यक्ष क्याप्टेन डिलबहादुर खत्रिले आमाहरुले खाने कुरा पोषण भए मात्र बच्चा पनि पोषिलो , हटकट हुने हुदा पहिला आमाले आफ्नो बच्चालाई पोषिलो बनाउन खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो ।

तालिममा सहभागीहरुलाई कृषि विकास कार्यलय शाखा रजहरका प्रमुख अलउदिन खानले तरकारी खेति तथा पशु पालन सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।कार्यक्रम नरेन्द्र भण्डारीले संञ्चालन गर्नुभएको थियो ।

Loading...